काठमाडौं । आठ महिना सम्म कैदमा राखेर चरम यातना दिएका अभियुक्तहरु जेलमुक्त भएपछि आफ्नो र दुई छोराको जिवन जोखिममा परेको भन्दै एक महिलाले पत्रकार गुहारेकी छन् । बांके नेपालगन्जकी सविना कार्कीले आफ्नो र दुई छोराको जिवन रक्षको लागि अधिकारकर्मी र पत्रकार गुहारेकी हुन् । उनलाई आफ्नै श्रीमानको योजनामा ८ महिना सम्म कैदमा राखिएको थियो । तीन वर्ष अघि अपहरण गरेर ८ महिना कैदमा राखेर चरम यातना दिएका अभियुक्तले अदालत वाट सफाई पाएको भन्दै उनले न्या मागेकी छन् । बाँके नेपालगञ्ज स्थायी घर भएका आफ्नै श्रीमान नरेन्द्र शर्माले आफूलाई ८ महिनासम्म अपहरण गरेको र यातना दिएको भन्दै अपराधमा सलंग्न मुख्य अभियुक्तहरुले अदालतबाट सफाई पाएकोमा कार्कीले बताएकी छन् । छिमेकी अर्की महिलासंग लागेका उनका श्रीमानले ति महिला संग मिलेर ज्यान मार्ने कोशिस समेत गरेको कार्कीले बताएकी छन् । उनका शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर अभियुक्तहरुलाई छोड्न नहुने बताएकी छन् ।

बाँके जिल्ला सुर्खेत रोड स्थायी घर भएकी पीडित कार्कीले आफूलाई तत्कालिन फेथ रिह्याव सेन्टर भैंसेपाटीमा ४ महिना र पछि भैंसेपार्टीबाट सरेको सोही रिह्याव कार्यालय थेचुमा पनि ४ महिना गरि जम्मा ८ महिनासम्म बन्धक बनाएर राखिएको जनाईन् । अपहरण गर्दा आफू काठमाडौंको सामाखुशी टाउन प्लानिङमा बस्ने गरेको र सो दिन खाना पकाएर बच्चालाई विद्यालयबाट घर ल्याउन जाने तयारी गरिरहेको उनले सुनाईन् । उनलाई गत ०७२ साल मंसिर १४ गते अपहरण गरिएको थियो । उनका अनुसार अपहरणकर्तामा सुवास खड्का, सुधिर अधिकारी, विकु शेर्पा, सुनिल महर्जन थिए ।

पीडित कार्कीले भावुक हुदै भनिन,“२०७२ सालपछि श्रीमान र मुक्ता गुरुङ भन्ने केटी भएर आफूलाई मार्ने प्रयास गरेका थिए, र उजुरी गर्न जाँदा मलाई उल्टै कुटे । म अधिकार खोज्न नेपालगन्ज जाँदा सिडिओले निवेदन नै दर्ता गर्न मानेन ।” रिहाव सेन्टरमा राख्दा उनलाई उल्टै दुव्र्यसनीको सिकार बनाउँदै अपहरण गरेको उनको भनाई छ । अपहरणकारीले कपाल पूरै काटिदिएका थिए, ट्वाईलेट चाट्न लगाउने कुटपिट गर्ने, गरेको उनको भनाई छ । ७, ८ जनाले लगातार कुटपिट गर्दा मरणासन्न भएर पानी खान माग्दा उनीहरुले मुखमा पिसाव फेरीदिएको कहाली लाग्दो अवस्था सम्झदै आंशु झारेकी थिइन् । पिटेर कानको जाली फुटाइदिए, कालो मोसो लगाईदिएर कम्पाउन्ड घुम्न लगाए, टाउको तल खुट्टामाथि पार्दै फोहोर पानीमा डुबाइदिए ।’उनले भनिन्, त्यतिबेलाको यातना अहिले सम्झदा पनि बेहोस हुन्छु जस्तो हुन्छ । अपहरणकारीले आफूमाथि ‘सम्पति दुव्र्यसनी’ को गलत आरोप लगाएर रिह्याव लगिएको उनको आरोप छ ।

आठ महिनापछि उनको नाममा बैंकमा रहेको पैसा झिक्न श्रीमानले बैंकमा लगेको बेलामा झुक्याएर सामाजिक अगुवालाई फोन गरेर आफु उम्कन सफल भएको उनले बताइन् । उनले भनिन्,‘मलाई चेकमा हस्ताक्षर गर्नको लागि भनेर मात्रै एक घण्टाको लागि बाहिर निकालिएको थियो, त्यो पनि उनीहरुकै रोहबरमा, र न्यायको निम्ति मैले महिला अधिकार तथा उद्धारकर्मी अञ्जना श्रेष्ठलाई एक कल फोन गर्ने मौका पाएँ, र बाहिर आउन सफल भएँ ।’ आफूले उजुरी दिएपछि अपराधीहरु पक्राउ परेपनि पैसा खुवाएर उनीहरुमध्ये दुई जना रिह्याव सेन्टरका सञ्चालकद्धय सुवास खड्का र सुधिर अधिकारीले ललितपुर जिल्ला अदालतबाट सफाई पाएको उनको आरोप छ । सरकारी वकिलको चलखेलको कारण यस्तो भएको कार्कीको आरोप छ ।

तपाईको प्रतिक्रिया