काठमाडौं । सरकारले पेस गरेको नीति तथा कार्यक्रम माथिको छलफलमा शुक्रवारको प्रस्तुती निकै रोचक र्यो । नीति तथा कार्यक्रमका बारेमा एउटा नेताले गरेको टिप्पणीमा अर्काले खरो टिप्पणी गरेका छन् ।पूर्व सभामुख सुवास नेम्वाङले कांग्रेस नेता मिनेन्द्र रिजाललार्य ब्यगं गरे भने संघीय समाजवादी फोरम नेपालकी सांसद सरिता गिरीले संसदमा पूर्व सभामुख सुवास नेम्वाङलाई व्यंग्य गरीन् ।गिरी अघि संसदमा नेम्वाङले आफूले रेल चढेर वीरगञ्ज, पोखरा, दिल्ली बेइजिङ पुगेको सपना देखेको बताएका थिए। नेम्वाङले कांग्रेस सांसद मिनेन्द्र रिजाललाई पानी जहाज चढ्न निम्तो समेत दिएका थिए। सो टिप्पणी माथि केन्द्रत हुंदै गिरीले पनि ब्यगंलाई निरन्तरता दिइन् । उनले सुवास प्रति ब्यग्य गर्दै भनिन्

‘सुवास नेम्वाङले पनि सपनाको कुरा गर्नुभयो’, गिरीले भनिन्, ‘भूपी शेरचनको कविता थियो – हल्लै हल्लाको देश हो मेरो। कतै हामी हल्लैहल्लाबाट थाकेर सपनै सपनाको देश बनाउन गइराखेका छौं जस्तो लागेको छ।’ उनले धरातलमा कठोरता हुने भन्दै त्यसलाई स्वीकार गर्नुपर्ने बताइन् । उनले सुवासलाई ब्यग्य गर्दै भनिन् धैरै सपना देख्यो भने मानसिक रोगी भइन्छ सभामुख महोदय।’ गिरीले चार वर्षपछि आफू संसद आएको उल्लेख गरिन्। अनि फरक देखाउँदै सिंहदबारमा कार पार्किङको ठाउँ नपाएको बताइन्।

तपाईको प्रतिक्रिया