नेपाल आईडलको पहिलो सिजनका रनर अप निशान भट्टराईले भुन्टी नामक नया गीत तथा म्युुजिक भिडियो सार्बजनिक भए लगत्तै ट्रेन्डिगंमा परेको छ । यो समाचार तयार पार्दासम्म गीतलाई करिब ४ लाखले हेरेका छन् । यस गितमा निशान आफै भुन्टेको रुपमा देखा परेकाछन भने उनलाई भुन्टिको रुपमा चर्चित नायिका तथा मोडल एलिशा राईले साथ दिएकि छिन । बिशुद्द लोकपप शैलि तथा मिस्टर आरजे को उत्कृष्ट संगित तथा निशानको जादुमयी स्वर तथा नृत्यले उत्कृष्ट बनाउन मदत गरेको भिडियो तथा गितमा देख्न सकिन्छ ।

यस भिडियोको गीतलाई गीतकार राजेन्द्र भट्ट ‘मिस्टर आरजे’ले लेखेका हुन भने संगीत पनि उनी स्वयंले भरेका छन । भिडियोलाई टेकेन्द्र साहले निर्देशन तथा सम्पादन गरेका छन । रामकुमार केसीले छायाङ्कन गरेको यस भिडियोलाई मनोज बस्नेतले निर्माण गरेको कुरा निशान भट्टराईका ईभेन्ट म्यानेजर अभिनव शर्माले जानकारि दिएका छन । पूरा भिडियो हेर्न तलको युटुब लिंकमा जानुहोला ।

तपाईको प्रतिक्रिया