एजेन्सी– अभिनेता शाहरूख खान नयाँ चलचित्र सेल्युटमा आबद्ध भएका छन् । तर, उनले चाहेको अभिनेत्रीले यो चलचित्रमा काम गर्न नचाहेपछि एकपछि अर्को अभिनेत्रीलाई भूमिकाका बारेमा प्रस्ताव गर्न थालिएको छ ।

अन्तरिक्ष यात्री राकेश शर्माको बायोपिकमा निर्माण गर्न लागिएको यस चलचित्रमा सुरुमा शाहरूखको नायिकाको भूमिकामा प्रियंका चोपडालाई प्रस्ताव गरिएको थियो । तर, आफू कल्पना चावलाको यस्तो बायोपिकमा नायिका बन्न लागेको भन्दै प्रियंकाले यो चलचित्र खेल्न मानिनन् । राजधानी दैनिकमा खबर छ ।

यस्तै, अर्की अभिनेत्री करिना कपुरलाई पनि शाहरूखको नायिकाका रूपमा प्रस्ताव गरियो । नायिकाको भूमिका दमदार नभएको प्रतिक्रिया दिँदै करिनाले पनि यो चलचित्र नखेल्ने बताएकी छन् । यी दुई नायिकाले चलचित्र सेल्युटमा काम नगर्ने भएपछि अब ऐश्वर्य राय बच्चन र दीपिका पादुकोणलाई नायिकाका रूपमा प्रस्ताव गरिएको छ । तर उनीहरूले पनि खेल्ने कि नखेल्ने भनेर जवाफ दिएका छैनन् ।

तपाईको प्रतिक्रिया