काठमाडौं । नौ जनाको सामूहिक हत्या भएको पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं ३ आरुबोटे गाउँ अझै शोकमा डुवेको छ । स्थानियबासीन्दा त्रासले सुत्न सकेका छैनन् । छिमेकी कान्छीमाया बमबहादुरका काकाकी छोरी हुन् । उनै कान्छीमायाले बमबहादुरकी साइली छोरीकी छोरी सीता खजुमलाई आक्रमणकारीबाट बचाइन् तर त्यो विभत्स हत्याको दृश्य देखेपछि उनले शान्तिको श्वास फेर्न पाएकी छैनन् ।

“छ दिन भयो, निन्द्रा लागेको छैन ।केही खाऔँ मन लाग्दैन”, चिन्तामा देखिएकी कान्छीमायाले भनिन्, “साह्रै डर लागेको छ, म त एक्लो मान्छे, अब कहाँ जाने रु के खाने रु”त्यस्तै सामूहिक हत्यामा मारिएका बमबहादुरका छिमेकी हुन्, बजिन्द्रप्रसाद फियाक । बजिन्द्रको घर घटनास्थलभन्दा करीव १५० मिटर पर भए पनि डाँडोले छेकेको छ ।

त्यस्तै सामूहिक हत्यामा मारिएका बमबहादुरका छिमेकी हुन्, बजिन्द्रप्रसाद फियाक । बजिन्द्रको घर घटनास्थलभन्दा करीव १५० मिटर पर भए पनि डाँडोले छेकेको छ । बजिन्द्र आरुबोटेका स्थापित सामाजिक अगुवा हुन् तर आज सबै स्थानीय त्रासले कापेको देख्दा उनलाई समाज कति असुरक्षित रहेछ भन्ने प्रश्नले घेरेको छ । “हाम्रो ज्यानधनको सुरक्षा छैन भने उदाहरण यो घटना हो”, बजिन्द्रप्रसादले भन्नुभयो, “कसैलाई पनि सुरक्षित छौँ भनेर आश्वस्त पार्न सकिएको छैन ।”

सामुहिक हत्या पछि त्यहाँको विद्यालयको पनि माहोल फेरीएको छ । आफ्नो साथीको हत्या भए पछी विद्यार्थी स्कुल मै भावविह्वल भएका छन। उनीहरु बिद्यालय त जान्छन तर साथीको यादले पढ्न सक्दैनन् । दिनभरी भक्कानिएर बस्छन ।

तपाईको प्रतिक्रिया