धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित एक होटलमा आज युवकको नग्न अवस्थामा शव फेला परेको छ । श्रीपाल होटलको कोठा नम्बर १०५ मा धनगढीको तारानगरका ३० वर्षीय आदर्श भट्टको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो ।

मृतक भट्टसँगै सो कोठामा यही वैशाख १० गतेबाट बस्दै आएका धनगढी उत्तरबेहडीका प्रकाश चौधरी र यसपाल मल्ललाई घटनामा संलग्न रहेको आशङ्कामा पक्राउ गरिएको प्रहरीले जनाएको छ

त्यस्तै चाँगुनारायण नगरपालिका–५ खरिपाटीबाट प्रहरीले अवैध लागुपदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले सूर्यविनायक नगरपालिका–९ का २२ वर्षीय आशिष परियार र काठमाडौँ शङ्करापुर नगरपालिका–३ का ३० वर्षीय सन्तोष कामीलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूका साथबाट अवैध लागुऔषध ट्रामा, डाइलक्स ट्याबलेट, कोफटाब ट्याबलेटसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले यसबारेमा थप अनुसन्धान जारी राखेको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया