काठमाडौं – भारतको सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)का अध्यक्ष प्रेमसिंह तामाङले सिक्किमको मुख्यमन्त्रीको शपथ लिएका छन् ।सिक्किममा पीएएस गोलेको नामले प्रख्यात तामाङले सोमबार राज्यपाल गंगाप्रसादबाट शपथ लिएका हुन् । अध्यक्ष तामाङले नेपाली भाषामा शपथ लिएका छन् । उनका साथमा ११ जना विधायकले शपथ लिएका छन् ।

भारतका यी

शनिबार उनी एसकेएम विधायक दलका नेता चुनिएका थिए । हजारौं समर्थकका बीच पलजोर रंगशालामा उनले नेपाली भाषामा शपथ लिएका थिए । नेपाली भाषामा शपथ लिइरहँदा ५१ वर्षीय तामाङ निकै उत्साहित देखिन्थे ।

सन् २०१३ मा गठन भएको एसकेएमले ३२ सदस्यीय सिक्किम विधान सभामा १७ सिट जितेको छ । पूर्वमुख्मन्त्री पवन चाम्लिङको दल सिक्किम डेमोक्रेटिक फ्रन्टले भने १५ सिट जितेको छ । २४ वर्षदेखि नेतृत्व गर्दै आएको चाम्लिङ सरकारलाई एसकेएमले धक्का दिएको छ ।तामाङसँगै ११ मन्त्रीहरूले सपथ लिइरहँदा हलमा खचाखच समर्थक र सर्वसाधारण निकै उत्साहित देखिएका थिए ।

तपाईको प्रतिक्रिया