सचिन्द्र श्रेष्ठ

साहसिको एक मात्र चाहना,सफलता को प्रतिक… जस्ता खालका उत्तेजित बिज्ञापनले आम मानिसलाई यो खाए पछि साहस आउछ भनेर खाने गर्दछन् ।साथी संगत, चिन्ता, फ्रस्टेशन ,फैशन आदिका कारण यो धूम्रपान अझ बढ़ी युबा माझ फस्टायको छ । बिश्वमा धूम्रपान ठुलो समस्या एबं चुनौती भई रहदा पनि यसको सेबन गर्नेको संख्या दिन प्रति दिन बढ्दै गई राखेको छ ,बिशेषत एक छिन को आनंद मिलने, आफूलाई अहम हुन आवश्यक ठान्ने हुदा युबा बर्गमा झन यसले ठुलो प्रभाव पारेको देखन सकिन्छ । धूम्रपान एक किसिमको दुर्ब्यसनि,लत हो जसले बिभिन्न खालका रोगहरु निमताऊने गर्दछ ।चुरोट बीड़ी,ककड़, हुक्का ,सुर्ती जन्य पदार्थ बिभिन्न नाम दिए पनि यसको मुख्य काम धूम्रपान एबं धुँवा नै निकाल्नु हो ।

विश्व तम्बाकू निषेध दिवस’ अथवा ‘अंतर्राष्ट्रीय धूम्रपान बिरुद्ध को दिवस’ (World No Tobacco day )प्रत्येक वर्ष ३१ मई को दिन मनाउने गरिन्छ। तम्बाकु,धूम्रपान बाट हुने नोकसान,असर को अवस्था देखेर हरेक साल १९८७ मा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को सदस्य देशहरुले एक प्रस्ताव पारित गर्यो, जस द्वारा ७ अप्रैल, १९८७ को दिन यस दिवस मनाऊने फ़ैसला भयो तर यसपछि हरेक ३१ मई को धूम्रपान निषेध दिवस मनाऊन थालियों। विश्व स्वास्थ्य संगठन को सदस्य देशहरुले ३१मई का दिन निर्धारित गर्यो कि धूम्रपान को सेवन ले असर,हानि र खतरा का बारेमा विश्व जनमानास्मा अवगत गराउँदै यसको उत्पादन,खरीद, बिज्ञापन एवं सेवन को कम कसरी गर्न सकिन्छ त्यों दिशामा आधारभूत कार्यवाही ,जवाफदेहि गर्न यस्ता खालका दिवस हरु बर्षेनि गर्दै जनचेतना जगाऊन थालियों । सुर्तीजन्य पदार्थमा करीब ४ हजारभन्दा बढी प्रकारका रासायनिक तत्वहरु पाइने गर्दछ जस मध्य २ सय देखि ४ सयसम्म साह्रै हानीकारक रसायनहरु हुन्छन्। सुर्तीजन्य पदार्थमा करीब ६० थरीका प्राणघातक क्यान्सर गराउने तत्वहरु हुन्छन्। जसलाई क्यान्सरको कारक तत्व पनि मानिन्छ।। खासगरी सुर्तीमा खोटो र कार्बन मनोअक्र्साईड जस्ता प्राणघातक रसायनहरु पाईन्छन् भने निकोटिन जस्तो धूम्रपानको लत लगाउने तत्व पनि पाईने गर्दछ । करीब ८७५ फोक्सोको क्यान्सरको एकमात्र कारण धूम्रपान हुने गरेको छ।

सुर्तीजन्य पदार्थको संदर्भ यसको असरबारे (डब्लुएचओ)ले भनेको छ :- सुर्तीजन्य पदार्थको सेवनले मानव शरीरमा २५ किसिमका विभिन्न रोगहरु लाग्न सक्दछन् , विश्वमा धूम्रपानको कारणले प्रत्येक ७ सेकेण्डमा १ जनाको मृत्यु हुन्छ,विश्वमा सुर्तीजन्य पदार्थको प्रयोगबाट हरेक वर्ष ६० लाख मानिसहरुको मृत्यु हुन्छ जसमध्ये ६ लाखको अरुले सेवन गरेको असरले मृत्यु हुने गरेको छ। यो क्रम बढेर आगामी १५ वर्षमा ८० लाख मानिसहरुको मृत्यु हुने र यसमध्ये अधिकांशको मृत्यु नेपाल जस्तो विकासशील देशहरुमा हुनेछ। विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) को प्रतिवेदन अनुसार सन् २०३० सम्मा प्रतिवर्ष १ करोडको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारणले हुनेछ जसमा ६० लाख विकासोन्मुख राष्ट्रहरु मात्र हुनेछन्। नेपालमा पनि प्रतिवर्ष १५ हजार व्यक्तिहरुको सुर्तीजन्य पदार्थको सेवनको कारणले मृत्यु भई रहेको छ।(डब्लुएचओ )का अनुसार नेपालमा ४९% पुरुष र २९% महिलाहरु धूम्रपान गर्दछन्। संसारमा १ अरबभन्दा धेरै मानिसरु सूर्तिजन्य पदार्थको सेवन गर्दछन्।

धूम्रपानले संसारका बालबालिकामध्ये आधाले सुर्तीको धुँवाको असरले प्रदूषित हावामा सास फेर्दछन्।विश्वमा हरेक १० जना वयस्कमा १ जनाको मृत्यु सुर्तीजन्य पदार्थको कारणले हुन्छ। बीसौं सताब्दीमा १० करोड मानिसको सुर्तीजन्य पदार्थको कारणले मृत्यु भएको थियो र हालको जस्तै अवस्था रहेमा २१ औं शताब्दीमा १ अरब मानिसको मृत्यु हुनेछ।सन् २०३० देखि हरेक वर्ष ८० लाख भन्दा धेरै मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको कारणले हुनेछ। यस मध्येका ८०५ मानिस नेपाल जस्तो विकासशील देशका हुनेछन्।

धूम्रपानले मुख र घाँटीको क्यान्सर,फोक्सोको क्यान्सर स्तनको क्यान्सर,छालाचाउरी पर्ने,श्रवणशक्ति कमजोर हुने,दाँत बिग्रने,दम बढ्ने, खोकी लाग्ने ,मुटु ,कलेजो सम्बन्धी रोगहरु लाग्ने रक्तचाप बढाउने,पेट र आन्द्रामा अल्सर हुने जस्तो खालको रोगहरू लागने गर्दछ । धूम्रपान हानिकारक छ यो थाहा पाउन या याद रहनका लागी अनेक सन्देश , बिज्ञापन सधै हाम्रो सामु आउने जाने गर्दछ ।चुरोटको पैकमा मोटोे मोटो अक्षरमा चेतावनी लेखेको हुन्छ, टीभी र फिल्ममा डराऊने चित्र ,सन्देश आउने गर्दछ, टीभी को हरेक प्रोग्रामको स्क्रीनमा कहीं चुरोट खाएको सिन आयो भने तुरंत तल सन्देस आउछ कि धूम्रपान र तंबाकूले क्यांनसर हुन्छ “Smoking/ tobacco kills.” या “Smoking is injurious to health. It causes cancer”, आदी ।

यसका साथ साथै सार्वजनिक स्थलमा धूम्रपान निषेध छ होटलमा, हवाईजहाजमा,ऑफिस,अस्पताल अनेक ठाऊमा धूम्रपान गर्न मनाही छ र धूम्रपान गर्यो भने फाइन (जरीवाना)दिने गर्दछ । ठाऊ ठाउँमा निषेधको नोटिस राखेर याद दिलाए पनि धूम्रपान गर्न छाडेको देखिन्न ,धूम्रपान गरने लाई त नोकसान छ नै सेकेण्ड-हैंड स्मोक को कारण आस-पासलाई पनि समेत नोकसान हुन्छ । धूम्रपान छाडनका लागी अनेक उपाय अपनाए पनि सहज छोडन गाह्रों हुने हुन्छ। समय को पालन गरने वा सूचि तैयार पर्ने,चुरोट खाने बेला ल्वांग,सुकमेल जस्तो चपाउनु,ब्यायाम गर्ने अली अली गरी कम खाने ,भर सक ब्यस्त रहने गर्दै गर्दा पनि बिस्तारै कम गर्न सकिन्छ ।ठुला ठुला होडिंग बोर्ड, ब्यापक प्रचार प्रसार,स्वास्थ्य शिक्षा, ऱ्याली जस्तो क्रियाकलाप गरेर जन चेतना जगएर धूम्रपान लाई नियंत्रण गर्न सकिन्छ ।एक दिनको नारा, गोष्टि, सेमिनार गरेर मात्र धूम्रपान लाई निर्मूल पार्न सकिदैन तसर्थ हामी यो नभूलौ की आज हामीले चुरोट सल्कायर खरानी बनाएका छौ भोली त्यही चुरोटले हामीलाई खरानी बनाउने छ,चेतना भया ।

तपाईको प्रतिक्रिया