काठमाडौं – आगामी आर्थिक वर्ष २०७६ र ७७ का लागि सरकारले १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि गरेको कूल विनियोजनमध्ये चालु तर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख छुट्याएको छ । भने पूँजीगत तर्फ ४ खर्ब ८ अर्ब ५९ लाख बजेट छुट्याएको छ । यसैबिच राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले सरकारले आर्थिक वर्ष २०७६र०७७ का लागि ल्याएको बजेटमाथि फरक टिप्पणी गरेका छन्  । क्यानडा नेपालका लागि हामिसँग गरीएको एक अन्तरबार्तामा उनले अहिलेको बजेटले तलबी र बढि कर तिर्ननपर्ने ब्यक्ति मात्र खुशि हुने बताएका छन् ।

हाम्रो देशमा बजेटको कुनै अर्थ नहुने बताउदै डा . केसीले हाम्रो देशको अर्थतन्त्र हाम्रो हातमा नभएको बताएका छन् । कुराकानीमा उनले नेपालको प्रचारमाध्यम टाठाबाठाको हातमा भएकोले टाठाबाठाले मात्र बजेटमा आफुलाइ के ब्यबस्थापन भयो भनेर हेर्ने उनले बताए । अर्थमन्त्री डा. युवराज खतिवडा अहिले ल्याएको बजेट समायोजनकारी भएको डा. केसीले बताएका छन् ।

यस अघिको बजेटमा अर्थमन्त्री डा. युवराज खतिवडा धेरै नै आलोचित भएको तर अहिलेको बजेटमा डा. खतिवडा बितरणमुखि बाटोमा आएकोले सबै खुशि भएको डा. केसीले बताए । सामाजिक सुरक्षा भत्ता , बृद्ध भत्ता ,साँसद कोष र कर्मचारीको तलब बढाएकाले अब डा. खतिवडा सबैको नजरमा राम्रो मान्छे हुने डा. केसीले बताए । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी संगको यो कुराकानीको पुरा भिडीयो हेर्नुहोस्

तपाईको प्रतिक्रिया