काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य पदम राईले पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका छन् । उनलाई केहि दिन अघि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराएका हुन् । उनी पहिलो संविधान सभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर एकबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत बनेका थिए ।

उनलाई पार्टी नीति विपरीत मिडियामा बोलेको भन्दै पार्टीले कारवाही पनि गरेको थियो । क्यानडा नेपालका लागि हामिसँग गरीएको एक अन्तरबार्तामा उनले जुन लक्ष्य र सपनाका साथ पार्टी बनाएको हो त्यो लक्ष्य भन्दा उल्टो तिर गएकोले आफुले पार्टी परित्याग गरेको बताएका छन् । उनले बिप्लबले गरेको धेरै क्रियाकलाप आफुलाई अप्रिय लागेको बताएका छन् ।

उनले पार्टीलाई उद्धेश्य अनुसार लैजानुपर्छ भनेर धेरै नै कोशिस र पहल गरेको तर त्यसमा आफु असफल भएको बताए । अन्तरबार्तामा उनले राज्यले प्रतिबन्धित गरेपछी आफुलाई अर्को द्धोन्द शुरु हुने भो भन्ने लागेको र त्यो चाहना आफुको नभएको बताए । पदम राईसंगको यो कुराकानीको पुरा भिडीयो हेर्नुहोस्

तपाईको प्रतिक्रिया