काठमाडौँ । वरिष्ठ पत्रकार किशोर नेपालले धुर्मुस सुन्तलीले चन्दा उठाएर रङ्गशाला बनाउनु लज्जास्पद काम भएको बताउका छन् । क्यानडा नेपालसँग गरीएको कुराकानीका क्रममा निकै आक्रामक शैलीमा प्रस्तुत भएका पाका पत्रकार नेपालले कलाकारहरुले कला देखाउनुको सट्टा भिख मागेर रंगशाला बनाउने अभियानमा लाग्नु भनेको अपरिपक्व काम भएको आरोप लगाए । बस्ती बनाउनुसम्मको अभियान तारिफ योग्य भएको जिकिर गर्दै चितवनमा गएर धुर्मुससले रमिता गरेको बताए ।

धुर्मुसले घााटी नहेरी हाड निल्न खोजेका कारण आजको अप्ठ्यारो अवस्था सिर्जना भएको बताउँदै पत्रकार नेपालले धुर्मुसले आफ्नो क्षमता भन्दा माथिको काम गर्नु नै यो असामाजिक काम भएको जिकिर गरे । धुर्मुस सुन्तलीले केवल चाकरी गरेर चन्दा उठाउको भरमा खर्बोको रंगशाला बनाउन खोज्नु आँफैमा असहज काम भएका कारण आजको अवस्था सिर्जना भएको बताए । राष्ट्रले गर्नुपर्ने काम एउटा कलाकारले गर्नु त्यो चाकरी भएको मात्रै पत्रकार नेपालको आरोप छ । क्षमता नै नभएकी चितवनकी मेयर रेणु दाहालले पनि अन्तराष्ट्रिय स्तरको रंगशालाका लागी ठूलो योगदान गर्न नसक्ने भन्दै अब धुर्मुस सुन्तलीलाई रुँदै नहिँड्न आग्रह समेत गरेका छन् । थप भिडियोमा हेर्नुहोस्

तपाईको प्रतिक्रिया