काठमाडौँ ,नागरिक समाजका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि सुर्खेत प्रहरीले चरम यातना दिदै निर्घात कुटपिट गरेको छ। शाहीको कपडा समेत खोलेर नांगै पारेर कुट्दै सुर्खेत बाट काठमान्डौ ल्याउँदा प्रहरीको टिसटमा ल्याईएको शाहीले बताए। ज्ञानेन्द्र शाही भ्रस्टाचार विरुद्दको अभियानको कार्यक्रममा बोल्दा सुर्खेत प्रहरीले एक्कासी उनीमाथि धड्पकड़ गर्दै उनीमाथि लाठि चार्ज गरेको थियो ।,कर्णाली प्रदेशको मालेपामा भयको बेरुजु ४४ करोडको भ्रस्टाचारको अवाज कार्यक्रमबाट बोल्दा शाही माथि प्रहरीले आक्रामक शैलीमा कुटपिट गरेको उनि बताउछन्।, शाहीको आँखामा लगाएको चस्मा समेत खोसेर प्रहरीले लात्तीले कुल्चेको छ। सुर्खेत प्रहरीका डिएसपी प्रदिप क्षेत्रि ,नेपाल प्रहरीका ईन्स्पेक्टर निरन्जन घिमिरे ,र अर्का सहि साप भक्ति खनालले ज्ञानेन्द्र शाही माथि सुनियोजित ढंगले निर्माम कुटपिट गरेका हुन् । जनताको सुरक्षा गर्ने प्रहरीले बिना पुर्जीनै गिरफ्तार गरि साईबर क्राईमको केस लागेको छ भन्दै आरोप लगाएर कुटपिट गरेको शाही बताउछन । शाहीलाई जबरजस्ति ढल पकड गर्दै चौकीमा लगेर म तेरो बाबु हो भन्दै शरीर भरि निलडाम हुने गरि निर्घात कुट्पिट गरेका छन्।

तपाईको प्रतिक्रिया