काठमाडौं- कुनै समयकी चर्चित अभिनेत्री हुन्, रेजिना उप्रेती । उनी यतिबेला के गर्दैछिन्, सबैको चासोको बिषय हो । वास्तवमा आफैले निर्माण गरेको फिल्म बरदानपछि रेजिना त्यति धेरै चलचित्रहरुमा देखिईनन् । रेजिना यतिबेला नेपाल चलचित्र कलाकार संघमा छिन् । अघिल्लो कार्यकालमा उनी उपाध्यक्ष थिईन् भने यसपाली पनि उपाध्यक्षकै पदमा चुनाव लड्दैछिन् ।

यसैबिच शिशिर भण्डारीसँग मिडियामा आएकी रेजिनाले आफ्नो चलचित्र जीवनका धेरै कुरा बताईन् । हाल चलचित्रमा नदेखिनुको कारण चलचित्रमा पुराना कलाकारलाई नलिईनु नै मुख्य कारण रहेको उनले बताईन् । साथै आफ्नो चलचित्र यात्रामा चलचित्र हँगामा दिएको एक व्याक न्युड दृश्यको तनावले आफु डिप्रेशनमा गएको पनि उनलाई खुलाईन् । भिडियो हेर्नुस

तपाईको प्रतिक्रिया