काठमाडौं – वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगिएको छ। हेलिकप्टर मार्फत उनलाई जन्मथलो लगिएको हो। उनलाई हेलिकप्टमार्फत बोहोरा गाउँ पु¥याइएको छ। उनलाई केहीबेर पुर्खौली घरमा राखेर काठमाडौं फर्काउने तयारी छ।

देवकोटाले शनिबार विहान जन्मथलो जाने मन गरेका हुन्। पुर्खौली घरको पीढिमा बस्ने र सिस्नेपानी धाराको पानी खाने इच्छा व्यक्त गरेपछि देवकोटालाई गोरखा लगिएको न्यूरो अस्पतालले जनाएको छ। देवकोटा पित्तथैलीको क्यान्सरले पीडित छन्। उपचार असम्भव प्राय भएपछि उनी विदेशबाट नेपाल फर्किएका थिए। उनलाई बेला बेलामा सञ्चो भएजस्तो हुने र बेला बेलामा रोगले च्याप्ने गरेको छ।

देवकाेटालाई भेट्न जन्मथलाेमा भीड लागेकाे छ। हेलिप्याड बनाएकाे ठाँउमा आफन्त र शुभचिन्तक भरिएका छन्।

पित्तथैलीमा समस्या आएपछि पाँच महिनाअघि देवकोटा बेलायतमा उपचार गर्न गएका थिए । क्यान्सर पुष्टि भएपछि नेपालमै उपचार गर्ने इच्छा व्यक्त गर्दै गत वैशाखमा उनी नेपाल फर्किएका थिए ।

तपाईको प्रतिक्रिया