काठमाडौं – पित्तथैलीको क्यान्सरका कारण सिकिस्त वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देउवकोटालाई उनकै इच्छाअनुसार जन्मघर गोरखा पुर्‍याइएको छ।

शनिबार केही बेरअघि न्युरो अस्पताल बाँसबारीबाट हेलिकप्टरमा देवकोटालाई उनको जन्मथलो गोरखा पालुङटार नगरपालिकाको आँपपिपल पण्डित गाउँ पुर्‍याइएको हो। देउवकोटाले आफ्नै जन्मघरको पिँढीमा बस्ने र सिस्नेधाराको पानी खाने इच्छा गरेपछि हेलिकोप्टरमार्फत उनलाइ शनिबार दिउँसो गोरखा पुर्‍याइएको हो।

देवकोटाको आफ्नो जन्मथलोमा गएर सिस्ने धारोको पानी खाने र स्थानीय खोलाको पानीले खुट्टा धुने इच्छा पुरा भएको छ ।

पालुङ्गटार नगरपालिका–३, बोहरागाउँस्थित जन्मघरमा डा.देवकोटाले शनिबार करिब ४५ मिनेट बिताए । जन्म थलो गएर सबैसँग भेटी धारोको पानी खाने र खोलाको पानीले खुट्टा पखाल्न इच्छा पुरा भयो । उनलाई भेट्न ५०० भन्दा बढी स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।

पुर्ख्यौली घरमा पुग्दा देवकोटाको मुहार हँसिलो देखिएको थियो । उनलाई भेट्न आएका आफन्तहरुसँग दोहोरो सम्वाद भने भएन ।

 

तपाईको प्रतिक्रिया