नेपाली साँगितिक क्षेत्रमा एक पछि अर्को लोकप्रिय गीत रच्ने गीतकार हुन् हिमाँशु रायमाझी गोधुली । भर्खरै उनको शव्दमा चर्चित गायिका मेलिना राईले “परे परे मायामा ” भन्ने गीतमा स्वर भरेकी छिन् भने उनलाई बिराटनगर बासी डाक्टर मँजिल श्रेष्ठले साथ दिएका छन् । डा ।मँजिल श्रेष्ठले चिकित्सक पेशामा भएतापनि थुप्रै गीतहरु आफ्नो आवाजामा निकाली सकेका छन् । गीतमा चर्चित सँगीतकार भिम बि ।सी। को सँगीत रहेको छ भने बाबू प्रधानले सँगीत सँयोजन गरेका छन् । पोखराको मनोरम दृष्यमा छाँयाङ्कन गरिएको म्युजिक भिडियो निकै आकर्शक बनेको छ। भिडियोमा मदन घर्ती र सृजना जिसिको अभिनय देख्न सकिन्छ । भिडियो निर्देशन दिलिप समनले गरेका छन् भने ओम प्रसाईको छायँकन रहेको छ । फराज अर्पणको कलर तथा सम्पादन रहेको भिडियोमा बिक्रम तामाङको ब्यबस्थापन छ भने पुर्णीमा श्रेष्ठले कलाकारहरु लाई राम्रो बनाउने काम गरेकी छिन्। गीतलाई ओ ।यस। आर ।डिजिटलले बजारमा ल्याएको छ।

तपाईको प्रतिक्रिया