काठमाडौँ – स्वर्गिय रविन्द्र अधिकारीका छोराले आफ्नो बाबुको सपना पुरा गर्ने बताएका छन् । क्यानडा नेपालको एक अन्तरवार्तामा बोल्दै उनले बाबालाई धेरै सम्झने बताएका छन् । उनले आफुले मामु हजुरआमा र हजुरबाबालाई नदेखाइकन कहिले ट्वाइलेटमा एक्लै रुने र कहिले एकान्तमा बसरे एक्लै रुने बताएका छन् । उनले यसो भनिरहदा रविन्द्र पत्नि सहित रविन्द्रका बाबुआमाका आखा रसाइरहेका थिए । उनले सपनामा बाबालाई धेरैपटक देखेको बताएका छन् । त्यस्तै रविन्द्रको आमाले आफुलाई नातीले रुनै नदिने बताएकी छन् ।

अन्तरबार्तामा रविन्द्रको आमाले आफुहरुलाई बाहिरी मान्छे भेट्न आउदा छोरा रविन्द्रले सबैलाई आदार सम्मान गर्ने र राम्रो मान्छे भएको बताउने गरेको बताइन् । हामि सँघर्ष गरेर आएको मान्छे हुनाले राजनितिबाट सधै सफलता पाइन्छ भन्ने नहुने र फेरी जिरोबाट पनि काम गर्न सकिने रविन्द्र अधिकारीले बताउने गरेको रविन्द्र पत्निले बताइन् । अन्तरबार्ताकै क्रममा रविन्द्रका बुबाले छोरालाई भ्रष्टचारी भन्दा आफुलाई निकै दुख लागेको बताएका छन् । स्वर्गिय रविन्द्र अधिकारीका परीवारसँगको यो कुराकानीको पुरा भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया