काठमाडौं । सुन तस्कर घटनाको छानविन गर्न बनेको टोलिले सोमवार आर के ज्वैलर्समा छापा मारेको छ । आर के ज्वैलर्सको न्यूरोड र दरबारमार्गमा रहेको पसलमा छापा मारेको हो ।

यसअघि प्रहरीले सुनका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवालको घरमा पनि छापा मारेको थियो । घटनाको छानविन सुरु भएको लामो समय पछि प्रहरीले अग्रवालको घरमा र ज्वैलर्समा छापा मारेको छ । दुई वटै पसलबाट प्रहरी ठूलो परिणाममा सुन बरामद गरेको प्रहरी स्रोतले जनाएको छ । ज्वलर्सका सञ्चालक राजेन्द्र शाक्य यसअघि नै पक्राउ परिसकेका छन् ।

तपाईको प्रतिक्रिया