काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा प्रतितोला सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । छापावाल सुन प्रतितोला ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुनको प्रतितोला मूल्य ५८ हजार ६ सय रुयैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला मूल्य ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज घटेर ५८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, सोमबार चाँदीको प्रतितोला मूल्य पाँच रुपैयाँले बढेको छ ।आइतबार चाँदीको मूल्य प्रतितोला ७८० रुपैयाँमा काराबोर भएको थियो । सोमबार भने चाँदीको मूल्य सात सय ८५ रुपैयाँमा कारोबार भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया