काठमाडौं–केही दिन पहिलेसम्म सामाजिक सञ्जालमा सबैलाई रुवाएकी मोडल अञ्जली अधिकारी एकाएक हँसिलो र चञ्चले भूमिकामा देखेपछि धेरै मानिसहरु अचम्म परे । कलाकार प्रकश सपुतको अत्याधिक चर्चामा रहेको गीत ‘बोल मायाँ’ मा विदेशमा धन कमाउन गएका श्रीमान गुमाउदाको पीडालाई अभिनयमा दुरुस्तै उतारेर मोडल अधिकारीले सबैको मन जित्न र रुवाउन सफल भएकी छिन् ।

उनको रियल अभिनयको चौतर्फि प्रशंसा समेत हुने गरेको छ । सबैलाई रुवाउन सफल मोडल अधिकारी यतिबेला भने तीजको गीत ‘मुख चुच्चो पारेर’को भिडियोमा कम्मर मर्काउन व्यस्त छिन् । आइतबार काठमाडौंको रत्नपार्कमा तीजको गीतमा मोडल सुजन कोइरालासँग अञ्जली कम्मर मर्काउन व्यस्त देखिन्थिन् । सामाजिक सञ्जालमा ‘बोल मायाँ’ को अभिनयले सबैको मन जितेकाले होला अञ्जलीलाई हेर्न दर्शकको निकै भिड लागेको थियो ।

उनले पहिलेदेखि आफू रोमान्टिक गीत गर्दै आएको तर, बोल मायाँमा जस्तो अभिनय र काम भने पहिलोपटक गरेको बताईन् । अञ्जलीले आफूलाई बोल मायाँको शब्दले मन छोएपछि आफूलाई आँशु झार्न कुनै सहयोग लिन नपरेको बताईन् । उनले बोल मायाँ आफूलाई निकै च्यालेन्ज रहेको र आफूले न्यायोचित अभिनय गर्न सकेको बताईन् । यतिबेला भने उनी तीजको ‘मुख चुच्चो पारेर’ को रामान्टिक गीतमा कम्मर मर्काउन व्यस्त भएको बताईन् ।

उनले एउटा कलाकार भएपछि जस्तोसुकै अभिनय गर्न सक्नुपर्ने बताईन् । आफ्नो पारिश्रमिक पहिलेदेखि नै धेरै भएकाले अहिले बोल मायाँका कारण नबढाएको बताईन् तर, कति हुन्छ भनेर खुलाउन चाहिनन् ।

तपाईको प्रतिक्रिया