काठमाडौं – यतिबेलाका भाईरल बाल गायक अशोक दर्जीको चर्चित गीत मन बिनाको धन ठुलो कि धन बिनाको मन गाउंदै बुटवलका एक गायक अन्तर्वार्तामै धरधरी रोएका छन् । बुटवलका गायक सन्तोष परियारले गीत गाउंदै आफ्नो कथा सुनाईरहदा सहनै नसकेर अन्तर्वार्तामै धरधरी रोए ।

लामो समय संगीत क्षेत्रमा लाग्नुका अलावा उत्कृष्ट स्वर भएर पनि आफु सफल हुन नसकेको बताउंै सन्तोष भक्कानिए । युटुब च्यानल नयां नयां न्युज नेपालको रेगुलर शो शिशिरसंग टन्नै रमाईलोमा भिजे तथा कलाकार शिशिर भण्डारीसंग कुराकानी गर्दै सन्तोेषले आफु पैसा नभएर हिट हुन नसकेको तितो यथार्थ ओकले ।

सबै प्रकारका गीतहरु उत्कृष्ट गाउने गायक परियार यस पुर्व पनि २ पटक डिप्रेशनमा पुगेका थिए । पारिवारिक अवस्थाका कारण आधा जिन्दगी मलेशिया र कतारमा बिताउनु परेका उनले त्यां हुंदा पनि नेपाली संगीतकै जगेर्ना गरेको बताए । त्यहां पनि उनले म्युजिकल व्याण्डमै गीत गाउंदथे । हेर्नुहोस अशोक दर्जीको गीत गाउंदै कसरी रोए सन्तोष भिडियोमा ः

तपाईको प्रतिक्रिया