राजनीतिक विश्लेषकका रुपमा परिचित अरुण कुमार सुवेदीले राज संस्थाको बारेमा दिएको टिप्पणिले अहिले तरंग उत्पन्न गरेको छ । अरुण कुमार सुवेदीको ईतिहास हेर्ने हो भने उनि राजावादी भने होईनन तर अहिले उनले दिएको अभिव्यक्तिले गर्दा अरुण कुमार सुवेदीले राज संस्थाको पुनर्बहालीका लागि वकालत गरिरहेको भन्ने टिप्पणि सुरु हुन थालेको छ । यहि विषयमा केन्द्रित रहेर अरुण कुमार सुवेदीले क्यानाडा नेपाल संगको कुराकानीमा आफ्नो धारणा व्यक्त गरेका छन् ।

अरुण कुमार सुवेदी सुरुवाती दिनमा नेपाली कांग्रेस संग नजिक रहेर समर्थन गर्थे र कांग्रेसका शिर्ष नेताहरु संग पनि सम्बन्ध राम्रो थियो जुन उनले पनि स्वीकारेका छन् । तर पछिल्लो समयमा कांग्रेसमा लागेका नेताहरुको प्रविर्ति र चरित्रले गर्दा उनले आफुलाई यो पार्टी बाट अलग्याएका छन् तर अरु पार्टीमा पनि नजिकिएका भने छैनन् । प्रष्ट रुपमा कांग्रेसको नेताहरु को प्रविर्तिले गर्दा आफु टाढिएको कुरा धेरै अन्तर्वार्ताहरुमा भन्दै आएका पनि छन् ।

पछिल्लो समय उनले राज संस्थाको पुनर्बहालीका बारेमा दिएको टिप्पणीले अहिले उनलाई राजावादी पनि भन्ने गरिएको छ तर उनको भनाई अनुसार आफु कुनै पनि हालतमा राजावादी नभएको र राजा आएर यी मन्त्रिहरु लाई ठिक लगाउनु पर्छ भन्ने तर्कमा विश्वास नगर्ने बताए । अरुण कुमार सुवेदीको भनाई अनुसार राज संस्था लाई नाटकीय रुपमा निषेध गरेको कुरा चित्त नबुझेको र राज संस्था पनि हुनपर्छ तर अरब जस्तो राज संस्था भने होईन । लोकतांत्रिक शक्ति र राज संस्था संगै छिमेकी देशहरु संगको सुमधुर सम्बन्धले मात्र नेपालको विकाश सम्भव हुने कुरा अरुण कुमार सुवेदीले उल्लेख गरे ।

तपाईको प्रतिक्रिया