काठमाडौं – नेपाली साँगितिक क्षेत्रकी निकै चर्चित कलाकार हुन् गायिका सिन्धु मल्ल । धेरै नै तिज गीत र लोकगीत गाएर निकै चर्चा कमाएकी गायिका सिन्धु मल्लले भर्खरै ‘पिरतीको जाल बोलको नयाँ गीत बजारमा ल्याएकी छिन्। संगीतकार सुदाम थापासँग जोडी बाँधेकी मल्ल अहिले पनि सांगितिक क्षेत्रमा सक्रिय नै छन् ।यसैक्रममा गायिका सिन्धु मल्लको घरमा हामि पुगेका छौ । हाल परिवारसँग सुखद जीवन बिताइरहेकी मल्लको घरमा पुग्दा हामिले उनको बिशाल घर देख्यौ । हामि उनको घरमा अन्तरबार्ता लिन जादा संगीतकार पति र उनी मात्र रहिछन् । गायिका सिन्धु मल्लका पति संगीतकार थापाले आफुहरुले अहिले सम्म पाएका मेडल र सम्मान देखाए ।

साच्चै नै उनको घरमा आनन्दको बाताबरण रहेछ । गायिका सिन्धु मल्लले परिवारसँग सुखद जीवन बिताइरहदा निकै खुशि लागेको बताइन् । उनले कहाँ हो कहाँ लगाएत धेरै गीतहरु पनि सुनाइन् । गायिका सिन्धु मल्लले आफु सानै उमेरमा सारँगीको ताल र फुलमायाको जोबन बोलको गीतबाट हिट भएको बताइन् । संगीतकार थापाले गायिका सिन्धु मल्ल सँग २०५९ सालमा भेट भएको बताउदै ससुरालीमा गीतको चर्चा चल्दा आफुहरु नजिक भएको बताए । उनले गायिका सिन्धु मल्ल पहिलो भेटमा नै मन परेको बताए । गायिका सिन्धु मल्ल र उनका पति सुदाम थापासँगको यो रमाइलो कुराकानीको पुरा भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया