काठमाडौं– सुदुरपश्चिममा निकै चर्चामा आएका कलाकार दीपेन्द्र ओली जो करिब ११३ प्रकारका आबाज निकाल्न सक्ने व्यक्ति यतिबेला काठमाडौंमा आईपुगेका छन् । कक्षा ८ देखि नै आबाजको क्यारिकेचर गर्दै आएका यी कलाकार पेशाले सञ्चारकर्मी पनि हुन् । उनले कलाकारको आबाजदेखि विभिन्न जनवारको आबाज पनि डिठ्ठो निकाल्न सक्छन् । उनले जनवार र कलाकार नेताको आबाज मात्रै होईन उनले नाककको प्वालबाट सनाहीदेखि विभिन्न आबाज निकाल्न सक्छन् । उनले हाँस्य कलाकार शिवहरी पौडेल, अर्जुन घिमिरे ‘पाँडे’ देखि कुमार कट्टेल ‘जिग्रीसम्मको आबाज दुरुस्तै निकाल्न सक्छन् ।

सुदुरपश्चिम तिर निकै ख्याती कमाएका यी कलाकारले नेपालका लगभग ४० जिल्लाका कार्यक्रममा सहभागीता जनाईसकेका छन् । उनले क्यारिकेचर गर्ने कलाकाहरुहरुको भिडमा आफूले विभिन्न बाजागाजा, जनवारको पनि आबाज निकाल्न सक्ने भएकाले आफू फरक भएको दाबी गर्छन् । त्यस्तै, राष्ट्रपति विद्या भण्डारी, झलनाथ खनाल तथा मोहन वैद्यको क्यारिकेचर गर्ने त्यति नदेखिएकाले आफू अरु भन्दा फरक भएको उनले बताए । उनले घाँटीको साहायताले सनाही बजाएर विभिन्न खालका धुन निकाल्न सक्छन् । उनले नाकबाट बीबीसी नेपाली सेवाको धुन दुरुस्तै बजाउन सक्छन् । भिडियो हेर्नुसः

तपाईको प्रतिक्रिया