एजेन्सी । गर्लफ्रेन्डको सम्झनामा युवकले सर्पसँग बिहे गरेका छन् । घटना हो सिंगापुरको । सिंगापुरका एक युवकले विषालु गोमन सर्पसँग बिहे गरेपछि उनी अहिले विश्व्भर चर्चामा छन् । ५ वर्षअघि आफ्नी प्रेमीकालार्य गुमाएक ति युवकले प्रेमीकाको सम्झनामा सर्पसँग विबाह गरेका हुन् ।

मिकाको मृत्युपछि सर्पसँग उनको प्रेम र लगाव यसरी बस्यो की उनले सोँचे मृतक प्रेमिका सर्पको रुप धारण गरेर आए महशुस गरे र अन्तत सर्पसँगै समय बिताउँदै गएपछि सोही सर्पसँग विबाह गरे ।

१० फुट लामो गोमन साँपको प्रेममा परेर विबाह गरेका ती युवक बौद्ध धर्माबलम्बी भएको र पुनर्जन्ममा विश्वास गर्ने भएकाले सर्पलाई आफ्नी प्रेमिकाको पुनर्जन्मको रुपमा लिएको बताइएको छ ।

अन्तराष्ट्रिय समाचार संस्थाका अनुसार ती युवकले आफ्नो घरमा उक्त सर्प पालेका थिए । सर्पसँग उनको लगाव धेरै थियो र सँगै खाने, घुमफिर गर्ने, खेल्ने काम क्रममा नै प्रेममा परेको र विबाह गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया