काठमाडौँ । आमिर खानको दंगल र प्रभाषको बाहुबलीले चीनमा रेकर्ड बनाइसकेका बेला बलिउड अभिनेता अक्षय कुमार अभिनित ‘ट्वाइलेट एक प्रेम कथा’ले यतिबेला चीनमा राम्रो चर्चा बटुलीरहेका छ ।

पछिल्लो समय चीनमा बलिउड चलचित्रको बजार निकै फराकिलो बनिरहेको समयमा गत वर्ष भारत र नेपालमा प्रदर्शन भएको ‘ट्वाइलेट एक प्रेम कथा’ चीनमा रिलिज हुनै लाग्दा चीनमा नयाँ रेकर्ड राख्न सक्ने अपेक्षा राखिएको भारतीय मिडियले जनाउका छन् ।

चलचित्र चीनमा जुन ७ देखि ४३०० हलमा प्रदर्शनमा आएको छ । चीनमा चलचित्रको नाम ‘ट्वाइलेट एक प्रेम कथा’ बाट ‘ट्वाइलेट हिरो राखिएको भारतीय मिडियाले उल्ल्ेख गरेको छ ।

मिडियाका अनुसार १०५ करोड रुपैयाँ भारु भन्दा बढी बक्स अफिस कलेक्शन गरेको चलचित्र ‘ट्वाइलेट एक प्रेम कथा’सानो बजेटमा निर्माण भएको चलचित्रले कस्तो प्रदृशन गर्छ भन्ने केही दिनमा नै थाहा लाग्नेछ।

तपाईको प्रतिक्रिया