काडमाडौँ – नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले स्पष्ट रुपमा बुझाइ नभएका मानिसले मात्र आफुलाई राष्ट्रियता बिरोधि भन्ने गरेको बताए । हामिसँगको एक अन्तरबार्तामा उनले आफुले राजनितिमा प्रबेश गरे देखि आजसम्म नेपालको राष्ट्रियतालाई केन्द्रमा राखेर काम गरेको बताए । पछिल्लो समय नेपाल परिवार दलले राष्ट्र जागरण अभियानमा लागेको बताउदै उनले यसको शुरुवात सुदुर पश्चिम प्रदेशबाट गरिएको बताए ।

राष्ट्र जागरण अभियान शान्ति र बिकाशको लागी सकरात्मक बाताबरण सिर्जना गर्ने उद्देश्यले ल्याइएको उनले बताए । अन्तरबार्तामा उनले नेपाल परिवार दल सच्चा देशभक्त र शान्ति प्रेमी नागरिकहरुको साझा पार्टी रहेको बताए । आफुले धेरै बिदशी राष्ट्रका राष्ट्र प्रमुखहरुलाई चिनेको बताउदै उनले देशको प्रतिष्ठा माथि बढाउन आफुले सबै राष्ट्रका ब्यक्तित्वलाई चिनेको बताए ।

प्रधानमन्त्री केपि ओली र भारतिय प्रधानमन्त्री मोदि पुराना साथि भएकाले उहाँहरु फेरी घनिष्ट मित्र भइसकेको र दुबैजना मिलेर अघि बढ्नु पर्ने उनले बताए । बजेटले अर्थशास्त्रका धेरै नियम पालना गरेकोले अहिलेको बजेट निकै राम्रो रहेको बताउदै ढकालले बिगतको बजेटको तुलनामा यो बजेट कार्यन्वयन हुनसक्ने सम्भावना बढि रहेको बताए । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालसँग गरिएको कुराकानीको यो पुरा भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया