काठमाडौँ । चर्चित तथा पाका कलाकार भिमबहादुर थापाको निधन भएको छ । ९२ बर्षको उमेरमा थापाको गएराती २ बजे आफ्नै घरमा निधन भएको हो । लामो समयदेखि विभिन्न रोगका कारण पिडित रहेका थापा उपचार गराउँदै फर्किदै गरेका थिए ।

अस्पतालमा उपचार गराइरहेका बेला उनले घरमा नै जाने इच्छा देखाएपछि उनलाई घरमा नै लगीएको थियो । निर्देशक तथा कलाकार दीपाश्री निरौलाका ‘धर्म बा’ समेत रहेका थापा हाँस्य सिरियल ‘तितो सत्य’मा काम गरेपछि थप चर्चामा आएका हुन् ।

पुरानो रिरियल ‘देवि’ मा भिमबहादुर र दीपाश्रीले सिरियल ‘देवि’देखि नै काम गरेका थिए । मुटु, फोक्सो, कलेजो लगायतका रोगबाट पिडित थापाको आजै पशुपति आर्यघाटमा दाहासंकार गरिने पििरवारिक स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया