एजेन्सी – रणवीर अभिनित फिल्म ‘संजु’ रिलिज अगावै विवादमा तानिएको छ ।भारतको सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशनमा मुद्दा दर्ता गरिएको छ । फिल्मको एक दृश्यको विषयमा उजुरीकर्ताले आपत्ति जनाउँदै यसबारे कारवाही नगरिए अदालत जाने बताएका छन् । भारतिय मिडियाका अनुसार उजुरीकर्ता पृथ्वी मास्केले फिल्ममा जेलको ब्यारेकमा ट्वाइलेट लिकेज भएको दृश्यमा आपत्ति जनाएका छन् ।

‘फिल्मको ट्रेलरमा संजय दत्त बसेको जेलको ट्वाइलेट ओभरफ्लो भएको देखाइएको छ । तर प्राप्त सूचना अनुसार सरकार र जेल अधिकारीले जेलको ब्यारेकको पूरा ख्याल राख्छन् । हामीले यस्तो प्रकारको कुनै पनि घटना सुनेका छैनौं ।’ भन्दै सिबिएफसीका चेयरम्यान प्रसुन जोशी, फिल्म निर्माता र रणबीर कपुरलाई पत्र लेखिएको छ ।

, ‘यो दृश्यले भारतको जेल र जेल अधिकारीबारे गलत प्रचार गर्ने बताइएको छ । यदि यसविरुद्ध कुनै एक्सन लिइएन भने भने उजुरीकर्ताले माननीय अदालतमा गएर फिल्मको रिलिजमा स्टे लगाउनेबाहेक अन्य विकल्प नरहने बताएका छन् । फिल्म संजु २९ जूनमा रिलिज हुँदैछ ।

तपाईको प्रतिक्रिया