एजेन्सी- चर्चित गायक राजु ढकाल र रविन लामिछानेको विश्वकप विशेष गीत भिडियो सहित बजारमा सार्वजनिक भएको छ । गायक ढकाल अर्जेन्टिनाका फ्यान हुन्। मेसीलाई मन पराउने ढकाल गीतमा अर्जेन्टिनाकै सपोर्टमा उत्रिएका छन्।उदयीमान गायक लामिछाने ब्राजिलको सपोर्टमा छन्।

यद्यपी गीतको शब्द लामिछानेको हो भने लय ढकालको हो। दुर्गा पौडेलेको सिनेमाटोग्राफी र निर्देशन रहेको भिडियोमा महेन्द्र गौतम, देवेन्द्र क्षेत्री, राजेन्द्र सेडाई, डोलराज बाह्रघरे, सरोज कार्की लगायत देख्न सकिन्छ ।नेपालमा विशेष गरी ब्राजिल, अर्जेन्टिना, जर्मनी, स्पेन, इंग्ल्याण्ड, पोर्चुगल, नेदरल्याण्डका समर्थक बढी देखिन्छन् ।

कलाकारले पनि दोहोरी भिडन्तकै रुपमा आफ्नो टोलीको समर्थनमा गीत गाएका छन् ।डियोमा लोकप्रिय गायिका देवी घर्ती मगर, बद्री पंगेनी, मुना थापा मगर, महेन्द्र गौतम, देवेन्द क्षेत्री, रमेशबाबु थापा, राजन गुरुङले आफूलाई मन पर्ने टीमका बारेमा धारणा पनि राखेका छन् । हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया