काठमाडौं – स्पेनका प्रशिक्षक जुलियन लोपेतेगीलाई रियल मड्रिडले क्लबको नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ।

रसियामा आयोजना हुने विश्व कप फुटबल पछि ५१ वर्षे लोपेटेगुइले रियलको कमान सम्हाल्ने बताइएको छ । उनी र क्लबबीच तीन वर्षको सम्झौता भएको छ । यता विश्वकप अाउन एक दिनमात्रै बाँकी हुदा स्पेनले अाफ्ना मुख्य प्रशिक्षक जुलिन लोपेटिग्युलार्इ बर्खास्त गरेको छ।

रियल मड्रिडले मंगलबारमात्रै उनीसँग तीन वर्षका लागि मुख्य प्रशिक्षकको सम्झोता भएको जनाएको थियो। स्पेनिस फुटबलले अाफूहरुलार्इ कुनैपनि किसिम जानकारी नदिएर म्यड्रिड जाने निर्णय गरेको भन्दै विश्वकपको मुखैमा मुख्य प्रशिक्षकलार्इ बर्खास्त गरेको हो।

स्पेनले शुक्रबार पोर्चुगलसँग पहिलो खेल खेल्दैछ। विश्वकप भोलीबाट सुरु हुँदैछ। ५१ वर्षे जुलिन जिनेदिन जिदानको स्थानमा रियलको प्रशिक्षकमा नियुक्त भएका थिए।

सन् २०२० को युरोपियन च्याम्पियनसिपका लागि स्पेनको प्रशिक्षकका रुपमा सम्झौता गरेको केहि सातापछि उनले रियलसँग सम्झौता गरेका छन् ।

लोपेतेगीले सन् २०१६ को जुलाईमा स्पेनको राष्ट्रिय टिमको जिम्मेवारी सम्हाल्नु पूर्व पोर्टोमा दुई वर्ष बिताएका थिए । पूर्व गोलरक्षक लोपेतेगीले रियल मड्रिडको सिनियर टिमबाट एक पटक खेलेका छन्। उनले लोग्रोनेसबाट भने १०७ खेल खेलेका थिए ।

उनले सन् २००३ मा स्पेनको १७ वर्षमुनिको टिममा सहायक प्रशिक्षकको रुपबाट आफ्नो प्रशिक्षकको करिअर सुरु गरेका थिए । त्यसपछि उनले स्पेनको १९ वर्षमुनि, २० वर्षमुनि र २१ वर्षमुनिको टिममा प्रशिक्षकको भूमिका खेले । त्यसपछि उनी पोर्टो गएका थिए ।

जिनेदिन जिदानले मे महिनामा पदबाट राजीनामा दिएपछि रियल मड्रिड नयाँ प्रशिक्षकको खोजीमा थियो। जिदानले रियल मड्रिडमा साढे दुई वर्ष बिताए र क्लबलाई तीनपटक लगातार युरोपियन च्याम्पियन बनाए ।

विश्वकपको मुखैमा मुख्य प्रशिक्षक बर्खास्त गर्नुले अाफूहरुलार्इ अप्ठारोमा पार्नसक्ने बुझेर पनि प्रक्रियाका लागि अाफूले यो अलोकप्रिय निर्णय लिनु भएको स्पेन फुटबल संघका अध्यक्ष लुइस रोबियल्सले बताएका छन।

उनले भने, ‘मलार्इ थाहा छ यसले निकै अप्ठारो स्थिती श्रृजना गर्नेछ। यस निर्णयको पनि खुबै अालोचना हुनेछ। जुलिन राम्रा प्रशिक्षक हुन। तर, विश्वकपका अगाडी तपार्इ मनलाग्दी निर्णय गर्नु गलत हो।’

तपाईको प्रतिक्रिया