सलमान खानको ‘रेस ३’ रिलिज हुन ३ दिन मात्र बाँकी छ। ट्रेलरलाई लिएर समिक्षकहरूबाट आलोचना खेपेको भएपनि रिलिज अगावै फिल्मले केहि फिल्मी कीर्तिमान तोड्न थालिसकेको छ।

फिल्मको स्याटेलाइट अधिकार सर्वाधिक रकममा बिक्री भएको इन्डिया टुडेले जनाएको छ। फिल्मले यस अघि आमिर खानको ‘दंगल’को कीर्तिमानी मूल्यको आँकडा तोडेको हो। निर्माण पक्षले कतिमा बिक्री भएको भन्ने बारेमा कुनै आधिकारिक जानकारी दिएको छैन।

आमिरको ‘दंगल’ले सो अधिकार ७५ करोड भारूमा बिक्री गरेको थियो। ‘रेस ३’ले त्यो भन्दा बढि रकम पाएको बताइन्छ। सलमानको ‘टाइगर जिन्दा है’ पनि महँगो रकममा बिक्री भएको थियो।

‘रेस ३’मा सलमानका अलावा अनिल कपुर, बबी देवल, ज्याकलिन फर्नान्डिज, डेजी शाह, सकिब सलिम आदिको मुख्य भूमिका रहेको छ। फिल्म ‘इद’मा रिलिज हुने भएकाले वक्सअफिसमा गतिलो कमाइ गर्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया