काठमाडौँ – सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको विशेष अनुसन्धान समितिले काठमाडौँका विभिन्न ठाउँमा सञ्चालित बाजेको सेकुवा रेष्टुराँ छापा मारेको छ ।

समितिले सुन तस्करीमा संलग्न रहेका चेतन भण्डारीले सञ्चालन गरेको अनामनगर, स्रोहखुट्टे, सामाखुसी, बत्तीसपुतली, कमलपोखरी र गैरीधारास्थित सेकुवा रेष्टुराँमा छापा मारेको हो ।

जिल्ला अदालत मोरङको अनुमति प्राप्त गरी रेष्टुराँको कारोबार रोक्का र होटल बन्द गराई शिलबन्दी गरिएको समितिले जनाएको छ । सुन तस्करीपछि फरार रहेका भण्डारीलाई यसै प्रकरणमा जिल्ला अदालत मोरङमा मुद्दा दायर गरिएको थियो ।

समितिका अनुसार बाजेको सेकुवा नाममा हाल १० रेष्टुराँ सञ्चालनमा रहेका छन् जसमध्ये पाँच वटा भण्डारी र एउटा उनको सालोको नाममा रहेका छन् ।

प्रहरीले रेष्टुरेन्टका सञ्चालक चेतन भण्डारीमाथि छानविन अघि बढाएको र उनको सम्पत्ति र बैंक खाता रोक्का राख्न पत्राचार गरेको प्रहरीले जनाएको छ ।

भण्डारी तस्करीमा प्रत्यक्ष रुपमा संलग्न नभई उप्रेतीलाई तस्करीका लागि लगानी गरेको अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले बताए। स्रोतका अनुसार भण्डारी नाताले उप्रेतीका भान्जा पर्छन्।

तस्करीमा संलग्न रहेको भन्दै बाजेको सेकुवा रेस्टुरेन्टका सञ्चालक भण्डारीको सम्पति रोक्का गरेको छ ।

तपाईको प्रतिक्रिया