काठमाडौ बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले बिधान भित्र रहेर काम गर्दा कारबाहि ब्यहोर्नु पर्छ भने आफु तयार रहेको बताएका छन् । हामिसँग कुरागर्दै गुरुङले बैदेशिक रोजगारमा जान इच्छुक बिरोजगार युवाहरुको भबिष्य आफुहरुसँग जोडिएकोले उनीहरुको पिरमर्का र समस्या आफुहरुले मनन गरेको बताए । आफुहरुले उठाएको बिषय बारे बोल्दै गुरुङले राज्यलाइ बैदेशिक रोजगार आवश्यक छ भने साउन १५ गते भित्र जायज मागहरुको गाठो फुकाउनु पर्ने बताए । यदि बैदेशिक रोजगार आवश्यक छैन भने बैदेशिक रोजगारमा अब देखि हामि कामदार पठाउदैनौ, यो मितिमा लाइसेन्स खारेज गर्दैछौ भनि राज्यले स्पष्ट रुपमा भन्नुपर्ने उनले बताए ।

बैदेशिक रोजगार क्षेत्रमा क्रियाशील रहेका जुनसुकै पार्टिको भएपनि आफुले ब्यबसायका सामुहिक हितको लागी आवाज उठाउने बताउदै उनले ब्यबसायीको अहित हुने कुरामा गरिएका निर्णयहरु बिरुद्द आफु आफ्नै सरकार भए पनि आवाज उठाउने बताए ।अबको चुनाबमा नयाँ साथिहरुलाइ मौका दिनुपर्ने बताउदै उनले आफुको कार्यकालमा के कति गर्न सके वा सकिन भन्ने नयाँले जान्नु पर्ने बताए । बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङसँग हामिले गरेको यो कुराकानीको पुरा भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया