काठमाडौँ – नेपाली साँगितिक क्षेत्रका निकै चर्चित गायक गायिका हुन् रामप्रसाद खनाल र पुर्णकला बिसी ।यसैबिच गायक रामप्रसाद खनाल र गायिका पुर्णकला बिसीले भर्खरै एक पन्चेबाजा गीत बजारमा ल्याएका छन् । पछिल्लो समय गायक रामप्रसाद खनाल उक्त गीतको शुटिँगको काममा ब्यस्त रहेका छन् । अब आउने उक्त पन्चेबाजा गीतको म्युजिक भिडियोमा हास्य कलाकार किरण केसी , शिवहरि पौडेल र मोडल करिष्मा ढकालको अभिनय रहनेछ । शुटिँग स्थलमा हामि पुग्दा त्यहाँ हास्य कलाकार किरण र केसी शिवहरि पौडेल नाचिरहेको देखियो ।

शुटिँग स्थलमा हामिसँग कुरा गर्दै गायक रामप्रसादले अहिले ल्याएको पन्चेबाजा गीत आफुले निकै दुख गरेर लेखेको र सबैलाई अवश्य मन पर्ने आशा राखेको बताए । उनले मोडल करिष्माको अभिनय निकै मन परेको बताउदै करिष्मा र भिडियो निर्देशन गर्ने शँकर बिसिलाई धन्यबाद दिए । अन्तरबार्तामा हास्य कलाकार किरण केसी र शिवहरि पौडेलले पनि अब आउने म्युजिक भिडियो निकै रमाइलो रहेको बताए । त्यस्तै मोडल करिष्माले पनि आफुले अग्रज कलाकारहरु सँग काम गर्न पाउदा निकै खुशि लागेका बताइन् । भिडियोमा हेर्नुहोस् गायक राम प्रसाद खनालको पन्चेबाजा गीतको म्युजिक भिडियोको यो शुटिँग रिपोर्ट

तपाईको प्रतिक्रिया