काठमाडौँ- फुटबलको महाकुम्भ फिफा विश्वकप प्रतियोगिताको उद्घाटनमा खेलमा आयोजक रुस र साउदी अरेबिया आमनेसामने हुँदैछन् ।

रुसको राजधानी मस्कोको लुझनिकी रंगशालामा आज राति नेपाली समयअनुसार ८ः१५ बजे उद्घाटन हुनेछ भने ८ः४५ बजे विजयी लक्ष्यका साथ दुवै टोली मैदानमा उत्रदैँछन् । करीब ८० हजार दर्शक क्षमता भएको उक्त रंगशालामा ५०० कलाकारले विश्वकप उद्घाटनमा आआफ्नो प्रस्तुति पस्किेछन् ।

त्यस्तै विश्वकपको इतिहास हेर्दा अहिलेसम्म कुनै पनि आयोजक राष्ट्र उद्घाटन खेलमा हारेको अभिलेख छैन । सन् १९७० मा मेक्सिकोमा भएको विश्वकपमा तत्कालीन सोभियत संघले उद्घाटन खेल खेलेको थियो जसमा खेल बराबरीमा टुङ्गिएको थियो । त्यस्तै सोभियत सङ्घले सन् १९६६ को विश्वकपमा सेमिफाइनलसम्म यात्रा तय गरेको थियो । यता साउदी अरबले भने सन् २०१० र २०१४ मा विश्वकपमा खेल्न पाएको थियो भने सन् १९९४ को विश्वकपमा प्रिक्वार्टर फाइनलसम्मको यात्रा तय गरेको थियो ।

२ राष्ट्रलाई ८ समूहमा बिभाजन गरेर खेल खेलाइने छ। जसमा युरोपबाट रूस (आयोजक), बेल्जियम, जर्मनी, बेलायत, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्बिया, फ्रान्स, पोर्चुगल, स्वीजरल्याण्ड, क्रोएसिया, स्वीडेन र डेनमार्क गरि १४ राष्ट्रले सहभागी छन्।

यस्तै एसियाबाट ईरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया गरि ५ राष्ट्रले भाग लिँदैछन्। अफ्रिकाबाट नाइजेरिया, इजिप्ट, सेनेगल, टिउनेसिया र मोरक्कोले खेल्नेछन् भने उत्तरी अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पानामा गरि ३ राष्ट्रहरू रहेका छन्।

दक्षिणी अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलोम्बो र पेरू गरि ५ राष्ट्रहरूले भाग लिनेछन्।

तपाईको प्रतिक्रिया