काठमाडाैं । रुसको मस्को शहरस्थित लुजनिकी रंगशालामा भएको विश्वकप फुटबलमा रुसले एक गोल गर्न सफल भएको छ । खेलको १२अौं मिनेटमा उनले हेडर मार्फत गोल गरेका हुन। गोलोभिनले कर्नरमार्फत बक्समा फालेको बलमा उनले हेडिङ गरेका थिए।

विश्वकप फुटबलको पहिलो खेलमा आयोजक राष्ट्र रुस र साउदी अरेबियाबीच भइरहेको छ ।

समूह ‘ए’मा परेका दुई राष्ट्रका लागि जित महत्वपूर्ण हुनेछ । विश्वकपमा हालसम्मका सबैभन्दा कमजोर टिम मानिएका दुई देशका लागि समूह चरण पार गर्न जित्नै पर्ने दबाब रहन्छ ।

साउदीले विश्व कप अघि खेलेका पाँच मैत्रिपूर्ण खेलमा दुई खेलमा जित निकाल्दा तीनमा युरोपियन जाइन्टसँग पराजित भएको थियो । साउदीले अल्जेरिया र ग्रिसलाई हराएको थियो भने इटाली, पेरु र जर्मनीसँग पराजित भएको छ । रुस गत वर्ष स्पेनलाई बराबरीमा रोक्दै दबाब दिंदा ब्राजिल, फ्रान्स र अस्ट्रियासँग पराजित भएको थियो ।

नेपाली समय अनुसार बेलुका पौने ९ बजे रुस र साउदी अरेबियाबीचको खुल सुरु भएको हो।

रुसको राजधानी मस्कोमा औपचारिक उद्घाटन समारोहपछि बेलायतका पप गायक रोब्बी विलियम्‍सले गीत गाएका थिए। विश्वकपमा आयोजक रुससँगै ३२ देश सहभागी छन्। यसमा अघिल्लो पटकको विजेता जर्मनी पनि छ। ३२ दिनसम्म ६४ वटा खेल हुनेछन्।

विश्वकपको २१ औँ संस्करणका खेल रुसका ११ शहरका १२ रंगशालमा हुने छन्। यी १२ रंगशालाहरु १८ सय माइलको दूरीमा समेटिएका छन्।

चार वर्षअघि ब्राजिलमा भएको विश्वकपमा अर्जेन्टिनालाई १–० ले हराएर विश्व विजेता बनेको जर्मनी यो पटक पनि विश्व विजेता बन्दै सन् १९६२ पछि लगातार विश्वकप जित्ने पहिलो टिम बन्ने लक्ष्यमा छ।

तपाईको प्रतिक्रिया