काठमाडौं- विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक रुसले २-० गोलले अग्रता लिएको छ। रुसका मिड फिल्डर डेनी चेरीसेफले दोस्रो गोल गरेका हुन।

यसअघि रुसका मिडफिल्डर युरि गाजेंस्कीले १२औं मिनेटमा उत्कृष्ठ हेड मार्फत पोष्टमा पहिलो गोल दिएका थिए।

खेलको सुरुदेखिनै साउदी अरेवियामाथि रुस हावी देखिएको छ। रुसको राजधानी मस्कोमा औपचारिक उद्घाटन समारोहपछि खेल सुरु भएको हो।

समूह ‘ए’मा परेका दुई राष्ट्रका लागि जित महत्वपूर्ण हुनेछ । विश्वकपमा हालसम्मका सबैभन्दा कमजोर टिम मानिएका दुई देशका लागि समूह चरण पार गर्न जित्नै पर्ने दबाब रहन्छ ।

साउदीले विश्व कप अघि खेलेका पाँच मैत्रिपूर्ण खेलमा दुई खेलमा जित निकाल्दा तीनमा युरोपियन जाइन्टसँग पराजित भएको थियो । साउदीले अल्जेरिया र ग्रिसलाई हराएको थियो भने इटाली, पेरु र जर्मनीसँग पराजित भएको छ । रुस गत वर्ष स्पेनलाई बराबरीमा रोक्दै दबाब दिंदा ब्राजिल, फ्रान्स र अस्ट्रियासँग पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया