एजेन्सी । विश्व फुटबलको महासंग्राम रुस विश्वकप २०१८ को उद्घाटन खेलमा आयोजक रुस साउदी अरेबिया बिरुद्ध हावी भएको छ । रुसले साउदी अरबविरुद्ध खेलको १२ औँ मिनेटमा नै खाता खोल्दै अग्रता लियो भने खेलको ४३ मिनेटमा रुसले फेरी अर्को गोल गरेपछि साउदी अत्यन्तै दबाबमा परेको छ ।

रुसका लागी पहिलो गोल अलेसान्ड्र गोलोभिनको क्रसमा लरी गाजन्सकीले हेडरमार्फत गरे भने डेनिस चेरीशेभले दोस्रो गोल गरेका हुन् । रोमाञ्चक मोडमा प्रवेश गरेको खेलमा रुस विश्व वरियतामा साउदीभन्दा कमजोर टोली भएपनि आयोजक राष्ट्रले अहिलेसम्म उद्घाटन खेलमा हारेको इतिहास नभएपनि आजको खेलमा भने साउदी निकै दबाबमा पर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया