एजेन्सी । विश्वकप आयोजक राष्ट्र रसिया पहिलो हाफमा हावी हुँदै लगातार २ गोल गरेपछि दोस्रो हाफ पछि पनि थप हावी भएको छ । रसियाका लागि युरी गाजीन्सकीले १२ औं र डेनीस चेरीसेभले ४३ औ मिनेटमा गोल गरे। पहिलो हाफमा अघि नै रुसका लागि दोस्रो गोल भएपछि खेल रोमाञ्चक मोडमा प्रवेश गरेका बेला साउदी अरेबियाले पनि आफ्नो कोशिस भने जारी राखेको छ ।

आयोजक रुसले २(०को अग्रता लिएको छ । युरो कप २०१२ का सर्वाधिक गोलकर्ता एलान जागोएब घाइते भएपछि २४ औं मिनेटमा मैदानमा छिरेका ६ नम्बरका खेलाडी डेनिस चेरिसेवले ४३ औं मिनेटमा टिमका लागि दोस्रो गोल गरेका हुन् । डेनिस चेरिसेवले ३ डिफेण्डरलार्इ छक्याउँदै करिब १२ यार्डको दूरीबाट शान्दार गोल गरेका हुन् । यो चेरिसेवको अन्तरराष्टिय करियरमा पहिलो गोल हो । उनले आफ्ने १२ औं खेलमा पहिलो गोल गोल गरेका हुन् ।

तपाईको प्रतिक्रिया