१२ औं खेलमा पहिलो गोल गरेर रुसलाई थप मजबुत बनाउने खेलाडी हुन् डेनिस चेरिसेव । युरो कप २०१२ का सर्वाधिक गोलकर्ता एलान जागोएब घाइते भएपछि २४ औं मिनेटमा मैदानमा छिरेका ६ नम्बरका खेलाडी डेनिस चेरिसेवले ४३ औं मिनेटमा टिमका लागि दोस्रो गोल गरेपछि उनी थप चर्चामा आएका छन् । अन्तरराष्टिय करियरमा पहिलो गोल गर्दा उनी करिब १२ यार्डको दूरीमा थिए ।

डेनिस चेरिसेवले ३ डिफेण्डरलार्इ छक्याउँदै गरेको गोल शानदार थियो । खेल सुरु भएको १२ औं मिनेटमा रुसका ८ नम्बरका खेलाडी युरी गाजिन्स्कीले हेडमार्फत रुसका लागि पहिलो गोल गरेर रुस विश्वकपका पहिलो गोलकर्ता मात्रै बनेनन् विश्वकै फुटबलका प्रेमीको नजरमा समेत बस्न सफल भए ।

तपाईको प्रतिक्रिया