एजेन्सी । रुसले ७१ औँ मिनेटमा साउदी बिरुद्ध तेस्रो गोल गरेको छ । खेल सुरु भएको १२ औँ, ४३ औँ मिनेटमा गोल गरेको रुसले खेलको ७१ औँ मिनेटमा तेस्रो गोल गर्दै खेल आफ्नो पक्षमा लिन सफल भएको छ । युरो कप २०१२ का सर्वाधिक गोलकर्ता एलान जागोएब घाइते भएपछि २४ औं मिनेटमा मैदानमा छिरेका ६ नम्बरका खेलाडी डेनिस चेरिसेवले ४३ औं मिनेटमा टिमका लागि दोस्रो गोल गरेका हुन् ।

डेनिस चेरिसेवले ३ डिफेण्डरलार्इ छक्याउँदै करिब १२ यार्डको दूरीबाट शान्दार गोल गरेका हुन् । यो चेरिसेवको अन्तरराष्टिय करियरमा पहिलो गोल हो । उनले आफ्ने १२ औं खेलमा पहिलो गोल गोल गरेका हुन् । खेल सुरु भएको १२ औं मिनेटमा रुसका ८ नम्बरका खेलाडी युरी गाजिन्स्कीले हेडमार्फत रुसका लागि पहिलो गोल गरेका हुन् भने तेस्रो गोल ए द्रुज्वाले गरेका हुन् ।

तपाईको प्रतिक्रिया