काठमाडौं – रुस विश्वकपको पहिलो गोल युरी गाजिन्स्कीको नाममा दर्ता भएको छ । उद्घाटन खेलमा रुसी मिडफिल्डर गाजिन्स्कीले १२ औं मिनेटमा साउदी अरेबियाविरुद्ध नै गोल गरेका हुन् । गोलेभिनले दिएको पासमा उनले हेड गोल गरेका हुन् ।

रुस र साउदी अरबबीचको पहिलो खेलको १२ औं मिनेटमा युरी गोजिन्सीले गोल गरेका थिए। उद्घाटन खेलमा हेडबाट भएको सो गोल विवादमा परेको छ।

हेड गर्ने क्रममा युरीले साउदी अरबका डिफेन्डरलार्इ धकेलेका थिए। युरीकाे धकेलाइबाट साउदी अरबका डिफेन्डर पाेल छेउमा लड्न पुगेका थिए। दुवै खेलाडी डिबक्स रहँदा याे घटना भएकाे थियाे।

सम्वेदनशील अवस्थामा रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीआरए) को निर्णय लिएर अन्तिम निर्णय दिनुपर्नेमा सोझै गोलको निर्णय दिएको भन्दै फुटबलप्रेमीहरुले विरोध जनाएका छन्।

सामाजिक सञ्जालमा रसियाले खेलकाे १२ अाैं मिनेटमा षड्यन्त्र रचेकाे भन्दै अालाेचना भइरहेकाे छ।

तपाईको प्रतिक्रिया