काठमाडौँ । विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक राष्ट्र रुसद्धारा साउदी अरेबिया ५–० ले पराजित भएको छ । खेल सुरु भएको १२ औँ मिनेटबाट गोल गर्न सुरु गरेको रुसले खेल सकिन १ मिनेट बाँकी रहँदासम्म गोलको वर्ष गरिरहँदा साउदीलाई भने खाता नै खोल्न दिएन ।

खेल सुरु भएको १२ औं मिनेटमा रुसका ८ नम्बरका खेलाडी युरी गाजिन्स्कीले हेडमार्फत गोल गरे भने ४३ औँ मिनेटमा रुसका लागि डेनिस चेरिसेवले दोस्रो गोल गरे । त्यस्तै ७० औँ मिनेटमा सब्स्टिच्यूट खेलाडीका रुपमा मैदान प्रवेश गरेका आर्तेम जुबाले मैदान प्रवेश गरेको एक मिनेटमै गोल गर्दै रुसलाई ३–० को अग्रता दिलाए ।

त्यसपछि पनि हाभी भएको रुसले खेलको ९१ औँ मिनेटमा डेनिस चेरिसेभले चौथो र अन्तिम समयमा आएर फ्रि किक मार्फत अलेक्जेन्डर ग्लोभीनले पाँचौ गोल गर्दै आफ्नो जादुमयी खेल देखाउँदै नतिजा आफ्नो पक्षमा पार्न सफल भएको हो । खेल सकिन केही मिनेट बाँकी रहँदा पाएको फ्रीकिकलाई गोलमा परिणत गर्दै अलेक्सान्द्र गोलोभिनले रुसलाई ५ – ० को जित दिलाएका हुन् ।

तपाईको प्रतिक्रिया