काठमाडौँ – गायिका तथा सांसद कोमल वली निकै चर्चामा आइरहने गायिका हुन् । उनका तीज गीतहरु धेरैले मनपराएका छन् । पछिल्लो दुई दशकयता नै भनौं हरेकजसो तीजमा उनको गीत छुट्दैनन् । उनी हरेक बर्ष नै कम्मर मर्काउछिन् । हरेक बर्ष उनले निकालेका गीतहरु हिट भएकै हुन्छन् । तीज पर्व आउन अझै तीन महिना छ तर गायिका कोमललाई भने तीज लागिसकेको छ । बिहिबार उनि राजधानीको टेकुस्थित एक पार्टी प्यालेसमा तीज गीतमा कम्मर मर्काउँदै गर्दा भेटिइन् । कोमललाई उनकै बहिनी प्रज्ञा सरद ९चौलागाइँ० ले साथ दिँदै थिइन् । यसैबिच हामिसँग कुरा गर्दै गायिका कोमल ओलीले बहिनीसँग बाल्यकालको कुरा गरिन् ।

गायिका कोमलले हरेक बर्ष तीजको गीतमा दिदिबहिनीहरुले आफुलाई खोज्ने हुनाले आफुले तीज गीत ल्याएको बताइन् । सँसदमा पानि अब कुन गीत आउछ भनि सोध्ने गरेको उनले बताइन् । अब आउने तीज गीत दिदीबहिनीको प्रेमले भरिपुर्ण रहेको गायिका कोमलकी बहिनी प्रज्ञाले बताइन् । गायिका कोमल र उनकी बहिनी प्रज्ञासँग गरिएको रमाइलो कुराकानी हेर्नुहोस् भिडियोमा

तपाईको प्रतिक्रिया