काठमाडौँ । पछिल्लो समयका चर्चित कलाकार बुद्धि तामाङ ‘हैट’ र उमेश राई ‘फुलन्देकी आमा’ को रोमान्टिक अभिनय रहेको म्यूजिक भिडियो ‘बुढेशकालको लौरी’ सार्वजनिक भए लगत्तै राम्रो चर्चा पाइरहेको छ । गायक मिन गुरुङ र गायिका बिना भट्टराईको स्वर रहेको म्यूजिक भिडियोमा अभिनय गर्दै गज्जबसाग खुलेका बुद्धि तामाङ ‘हैट’ र उमेश राई ‘फुलन्देकी आमा’को अभिनय रहेको भिडियो २४ घण्टामा करिब डेढ लाख दर्शकले हेरेका छन् ।

प्रेमी प्रेमीका र पति पत्निबिचको प्रेम रोमान्सको कथालाई चर्चित संगीतकार दीपक शर्माले आफ्नो कथामा ढालेका छन् शब्द मार्फत । जसमा शर्माकै संगीत रहेको छ । निर्देशक युवराज वाईवाले निर्देशन गरेको भिडियोको छायांकन उत्सव दाहालले गरेका छन् भने सम्पादन विकाश दाहालले गरेका छन् ।

तपाईको प्रतिक्रिया