काठमाडौं । प्राय राम्रो कामले चर्चामा आउने ललाबाबु पण्डित पछिल्ला दिनमा कहिले सम्पत्ति विवरणका कारण त कहिले संसदमा उपस्थित नभएका कारण विवादमा तानिएका छन् । आइतबारको संसद बैठकमा उनै पण्डित लज्जित हुनु परेको छ । कांग्रेस सांसद अमरेश सिंहले संसद बैठक चलिरहेकै बेला खै मन्त्रीज्यू? भन्दै प्रश्न उठाएपछि त्यसले बबालै खडा गर्यो र अन्ततः बैठक नै स्थगित गर्नु पर्यो ।

बाहिर कतै रहेका सरकारका मन्त्री लालबाबु पण्डितसहितका केही मन्त्री हस्याङ्फस्याङ् गर्दै संसदमा १५ मिनटमै हाजिर भए । संसदको यो दुर्लभमध्येको एक क्षण यो भिडियोमा हेर्नुस्ः

तपाईको प्रतिक्रिया