जकार्ता-इन्डोनेसियामा एक हराएकि महिला खोजी गर्दा यस्तो ठाउँमा भेटिइन् कि यसको कल्पना मात्रैले पनि शरीर काम्न थाल्छ । प्रहरीका अनुसार एक महिला आफ्नो बगैचाको रेखदेख गर्दै थिइन् । तर उनी एकाएक गायब भइन् । तर पछि खोजी गर्दा उनी एक विशाल अजिङगरको पेटमा फेला परिन् ।

गाउलेले सात मिटर लामो अजिङगरको पेट चिरेर हेरेपछि ती ५४ वर्षिय महिला अजिङगरको पेटमा फेला परेकि हुन् । गाउमा जब महिलाको खोजी कार्य सुरु भयो सोही समयमा एक ठूलो अजिङगर फेला पर्यो । अजिङगरको पेट पूmलेर ठूलो भएको थियो । यसपछि अजिङगरको पेट चिरेर हेर्दा महिला फेला परेकि थिइन् ।

स्थानियलाइ सर्पले महिलालाई निलेको आशंका भएको प्रहरीले जनाएको छ । त्यसपछि सर्पलाई मारेर पेट चिर्दा महिलाको मृत शरीर फेला परेको हो । बिहीबार जब महिला घर फर्केर आइनन् तब चिन्तित घर परिवारका साथ करिब सय जनाले खोजबिन सुरु गरे । खोजबिन गर्दा महिला फेला पर्नुको सट्टा अजिङगर फेला पर्यो । इन्डोनेसिया तथा फिलिपिन्समा ६ मिटर लम्बाई भएको अजिङगर सामान्य रुपमा फेला पर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया