गुल्मी । छिमेकी जिल्ला प्युठानमा दाजु बहिनी बिचको प्रेम सम्बन्ध स्थानियले असफल पार्न खोजेपछि उनिहरु दुवै जनाले एकै साथ विष सेवन गरेर आत्मा हत्या गरेका छन् ।

झिम्रुक गाउँपालिका वडा नम्वर( ५ नेपाने निवासी २३ वर्षिय शिरबहादुर जिसी र १७ वर्षिया श्रृृष्टी जिसीले विष सेवन गरेको कुरा ढिलो गरी बाहिर आएको छ । शनिवार उनिहरुले गरेको देह त्यागको कुरा विवादका कारण आईतबार सहमति जुटेपछि मात्र बाहिर आएको हो । परिवारजनले सहमति पश्चात आज विहान शब बुझि उनिहरुको अहिले एकैसाथ झिम्रुक घाटमा अन्त्यष्टि गरिदै छ ।

यता नजिकै प्रेमी बनेका दाजुको शब र उता प्रेमिका बनेकी बहिनीको शबमा दुबैका परिवार जनले दागवत्ती दिइरहँदा रोइ–कल्लाई कोलाहाल मच्चिएको थियो । कतिपयले भन्दै थिए बिचाराहरु आफुखुसी जसरी बाँच्थे–बाँच्थे स्वतन्त्र छाडिदिएको भए बरु यस्तो देख्न पर्दैन्थ्यो । उनिहरु एउटै छिमेकको करीब सय मिटर दुरी घर भएका १३ दिने दाजु भाईका छोरा छोरी थिए । श्रोत – न्युज २४ बाट

तपाईको प्रतिक्रिया