एजेन्सी – बलिउडमा परिवारवाद पुरानो संस्कार हो । एकै परिवारका सदस्यहरू बलिउडमा संघर्ष गर्न आइपुग्छन् । कोही सफल हुन्छन् त कोही फ्लप भएर बाटो परिवर्तन गर्छन् । बलिउडका चार दिदीबहिनी, जो दिदी हिट भइन् र बहिनी फ्लपः

काजोल र तनिशा मुखर्जी : यस मामलामा १९९० को दशककी सुपरहिट हिरोइन काजोलको नाम अगाडि आउँछ । काजोल बलिउडमा स्थापित नाम हो । उनले अभिनेत्री आमा अनुजाले भन्दा ज्यादा नाम कमाइन् । तर, उनकी कान्छी बहिनी तनिशा मुखर्जी भने फ्लप भइन् । उनका अधिकांश फिल्म फ्लप भए । यतिसम्म कि उनले बलिउडमा कमब्याक गर्न रियालिटी सो बिग बोसका अभिनेता अरमान कोहलीसँग स्क्यान्डल गरिन् । तर, पनि कमब्याक हुन सकिनन् ।

ट्विंकल खन्ना र रिंकी खन्ना : डुपरहिट फिल्म ‘बरसात’बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री ट्विंकल खन्ना सौन्दर्यका कारण आज पनि चर्चामा छिन् । ट्विंकलले आफ्नो फिल्मी करियरमा एकसे एक हिट फिल्म दिइन् ।तर, उनकी कान्छी बहिनी रिंकी खन्नालाई त अहिलेसम्म पनि उतिसारो मान्छेले चिन्दैनन् । रिंकी केही फिल्ममा देखिइन् । तर, सबै फिल्म फ्लप भए ।जसमा चर्चित अभिनेता गोविन्दाका साथमा अभिनय गरेको फिल्म ‘जिस देश मेँ गंगा रहता है’ पनि सामेल छ ।

शिल्पा र शमिता सेट्टी : स्लिम फिगरलाई लिएर दुनियाँभर परिचय बनाउन सफल अभिनेत्री शिल्पा सेट्टीको फिल्मी करिअर सफल भइरह्यो । उनले शाहरूखदेखि सलमानसँग एकसे एक हिट फिल्म दिइन् । उनले सबैभन्दा ज्यादा हिट फिल्म अक्षयकुमारका साथमा दिइन् । तर, उनकी कान्छी बहिनी शमिता सेट्टी भने नराम्रोसँग फ्लप भइन् ।

तपाईको प्रतिक्रिया